बुटवल बसपार्कमा दशैं चहलपहल (फोटोफिचर )
बुटवल–दशैं लागेसँगै ५ नम्बर प्रदेशको बुटवल बसपार्कमा यात्रुहरुको भिडभाड बढेको छ ।
प्रदेश सरकारले दशैका यात्रुहरुले कुनैपनि समस्या भोग्नु नपरोस् भनेर बसपार्कभित्रै ट्राफिक प्रहरीसहितको नागरिक सहायता कक्षको व्यवस्था मिलाएको छ ।
शुक्रवार विहान बुटवल बसपार्कमा पुग्दा झोलाझाम्टासहित बुटवलबाट बाहिरिनेहरुको घुइँचो देखिन्थ्यो ।
नागरिक सहायता कक्षमा रहेका ट्राफिक प्रहरी नायव निरीक्षक डोरबहादुर थापाका अनुसार दैनिक हजारौको संख्यामा बुटवलबाट मानिसहरु दशै मान्न बाहिरिने गरेका छन् ।
त्यस्तै कामको शिलशिलामा भारत गएका तथा नेपालकै अन्य शहर गएकाहरु पनि बुटबल हुदै घर फर्कनेहरु त्यतिकै भेटिएका छन् ।
डेढ दशकपछि परिवारसहित दशै मान्न घर आएका गुल्मी ईस्माका बिष्णु परियारलाई बुटवलमा एक दशकअघिको बिकास र अहिलेको बिकास फरक भएको अनुभव भयो ‘राम्रो बिकास भएछ, बाटो पनि चौडा भएछ । म त दंग परेको छु’ परियारले सोेधे–‘हाम्रो ईस्मासम्मै गाडि जान्छ ?’
उनी सहित भारतको दिल्लीबाट आएका अन्य यात्रुहरु पनि गुल्मी, अर्घाखाँची र बाग्लुङ्ग जान टिकट लिनेहरु त्यतिकै भेटिए । बैदेशिक रोजगारबाट आउनेहरु पनि सुटकेस गुडाउँदै काउण्टरतर्फ लाइन लागेका भेटिए । यात्रुहरुले प्रहरीको निगरानी बढेकाले विगतमा जस्तो पाकेटमाराहरुको डर त्रास नभएको प्रतिकृया दिए ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण