काष्ठमण्डप बनाउन महोत्तरीमा रुख भेटियो
काठमाडौँ । काष्ठमण्डप पुनर्निर्माणको प्रक्रिया अघि बढेको छ । मन्दिर निर्माणका लागि विशेष प्रकारको काठ आवश्यक पर्ने भएकोले उपयुक्त काठ महोत्तरीमा भेटिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।
काष्ठमण्डपका लागि बाक्लो र लामा काठ आवश्यक पर्ने भएकोले महोत्तरीमा उपयुक्त रुख भेटिएको हो । रुख कटानका लागि वन मन्त्रालयसँग छलफल गरेर ‘फर्निचर वर्कसप’ पनि शूरु गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।
यस्तै काष्ठमण्डपमा प्रयोग भएको प्राचिन शैलीको इटा जस्तै नयाँ इटा उत्पादनका लागि भक्तपुरको इटा भट्टासँग कुराकानी भएको पनि उनले बताए । परम्परागत बास्तुकला बनाउन सक्ने कालीगढ पनि खोजिएको छ ।
आउँदो असारसम्म कम्तिमा १ तला मात्र भएपनि काष्ठमण्डप बनाँउने लक्ष्य लिइएको ज्ञवालीले जानकारी दिए । काष्ठमण्डप कसरी निर्माण गर्ने भन्ने बारेमा विवाद भएपछि काठमाडौ महानगरपालिकाको लगानीमा स्थानीय समितिलाई निर्माण गर्ने जिम्मा दिइएको छ ।
पुरातत्व विभागले काष्ठमण्डपको डिजाइन तथा नक्सा उपलब्ध गराइसकेको पुरातत्व विभागका निर्देशक भेषनारायण दाहालले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले लगानी गर्ने र स्थानीय संघसंस्थाको क्रियाशीलतामा काष्ठमण्डप पुनर्निर्माण गर्न लागिएको हो ।
यसका लागि ५ वटा स्थानीय समिति क्रियाशील छन् । सम्पूर्ण मन्दिर पुनर्निर्माणका लागि १९ करोड लाग्ने अनुमान गरिएको छ भने काठमाडौं महानगरपालिकाले ५ करोड रुपैयाँ काठ खरिद गर्नका लागि यसअघि नै दिइसकेको छ ।
आउदो मंसिरमा काष्ठमण्डप पुनर्निर्माणको शिल्यान्यास गर्ने तयारी भइरहेको विभागका महानिर्देशक दाहालले जानकारी दिए ।
मन्दिर पुनर्निर्माणका बारेमा स्थानीय र सरकारी निकायहरुबिच उत्पन्न भएको विवाद कारण काम अघि बढ्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण