प्रधानमन्त्री ओलीको छातीमा संक्रमण, सुगर असन्तुलित, केही दिन अस्पतालमै राखिने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण देखिनुका साथै शरीरमा चिनीको मात्र असन्तुलित भएपछि अस्पताल भर्ना गर्नुपरेको उनको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।
सोमबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।
अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको पनि जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीको रुघा–खोकी बढ्नुका साथै सुगर रिलेटेड इन्फेक्सन देखिएपछि आज बिहान साढे चारबजे अस्पतालमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्रीको मृगौलाको ट्रान्सप्लान्ट गरिएको कारण संक्रमण नहोस् भनेर सिसियुभित्र आइसोलेटेड कोठामा राखेर उपचार भइरहेको छ ।
अस्पतालका अनुसार अहिले कार्डिओलोजिस्ट डा. अरुण सायामीको नेतृत्वमा सानो टिमले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । टीमा डा दिब्या सिंह र डा. सन्त दास रहेका छन् ।

प्रधानमन्त्री ओलीलाई दशैँ सकिएपछि रुघा खोकीको समस्या देखिएको थियो । तर, शुक्रबार समस्या झन् बढेको थियो ।
शुक्रबार साँझबाट ज्वरो देखिएको थियो भने आइतबार क्याबिनेट मिटिङपछि खोकी बढेको र सुगरको मात्रा पनि बढेको अस्पतालको भनाई छ ।
अस्पतालले तत्कालै विदेश लानु पर्ने अवस्था नरहेको बताउँदै केही दिन अस्पतालमा राखेर उपचार गरे पछि डिस्चार्ज गर्न सकिने जनाएको छ ।
‘समय–समयमा इन्सुलिन दिएर चेक गर्नुपर्ने हुन्छ । यहाँ एन्टोबायोटिक दिन सजिलो हुन्छ । त्यही भएर घरमा राखेर उपचार गर्नुभन्दा एन्टिबायोटिकको डोज पुर्याएर एक–दुई दिनमा डिस्चार्ज गर्ने सोचेका छौँ,’ उनको उपचारमा संलग्न चिकित्सकले भने ।
यसअघि, प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका थिए । अस्पताल अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।
त्यस्तै, माधव नेपाल, भीम रावल, लालबाबु पण्डित, निरु पालले अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अबस्थाबारे बुझेका छन् । सबैले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण