प्रधानमन्त्री ओलीको उपचार खर्च : बैंकक जाँदा ५० लाख लाग्नेमा नेपालमा ५० हजार !
काठमाडौं– सोमबारदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको उपचारमा अहिलेसम्म ५० हजार खर्च भएको बताइएको छ ।
५ दिनदेखि मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज टीचिङमा उपचाररत प्रधानमन्त्री ओलीको आज शुक्रबार सम्मको उपचार खर्च ४० देखि ५० हजार पुगेको डा अरुण सायमीले रातोपाटीलाई बताए ।
डाक्टर सायमीले भने,‘अहिलेसम्म प्रधानमन्त्रीको उपचार भैइरहेको हुँदा खर्चको बारेमा आधिकारिक जानकारी गराउन नसकेपनि सोमबारदेखि शुक्रबार सम्मको अनुमानित रकम ४० देखि ५० हजार हो ।’
डाक्टर सायमीले भने– ‘आज साँझसम्म डिस्चार्ज हुने ९० प्रतिशत सम्भावना भएको हुँदा डिस्चार्जको समयसम्म कति खर्च लाग्यो भन्ने बरेमा केही दिनमा जानकारी गराउनेछौ ।’
अहिले प्रधानमन्त्री ओलीलाई भर्ना गरिएको दैनिक वेड चार्ज २५ सय र ५ दिनसम्म चलाइएको एउटा एन्टिबायोटिकको मूल्य रु १० हजार परेको अनुमान गरिएको छ भने अन्य सामान्य शुल्कमा पाईने औषधी प्रयोग गरेको डा.सायामीले बताए ।

उनले भने, ‘यदि प्रधानमन्त्री ओली अहिले पनि उपचारको लागि बैंकक जानुभएको भए आउँदा–जाँदा र बस्ने ५० लाख या भारतनै जानूभएको भए पनि १५ देखि २० लाख सम्म त लाग्थ्यो नै होला । तर यो पटक भने नेपालकै सरकारी अस्पतालमा उहाँले निकै राम्रो र कम शुल्कमा उपचार पाउनुभएको छ ।’
डिस्चार्जपछि प्रधानमन्त्रीको उपचार खर्चको बिल सरकारलाई बुझाए पछि अस्पतालले खर्च पाउने जनाइएको छ ।
डा.सायमीले सम्पूर्ण उपचार खर्चको जानकारी आउन बाँकी भएपनि अहिलेसम्म लागेको रकम निकै कम भएको बताए ।
नेपालमा २५ सयमा पाउने भिआईपी वेडको बाहिरी देशमा २५ हजार पर्ने डा. सायमीको भनाई छ ।
डा.सायमी २५ बर्ष देखि प्रधानमन्त्री ओलीको स्वास्थ अबस्थाबारे जानकार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण