किशाेरीमाथि जबरजस्ती करणी, आमा र बहिनी नै मतियार !
बुटवल– गुल्मीको इश्मा गाउँपालिका–६ का एक युवकलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया किशाेरीलाई जबरजस्ती करणी गरेकाे अभियाेगमा २५ वर्षीय रेशम बहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी दीपककुमार बस्नेतले आरोपीलाई पक्राउ गरी आज जवरजस्ती करणीको मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
लक्ष्मी पुजाको दिउँसो रेशमकी दिदी र सौतेनी आमा समेतको सहयोगमा याे घटना भएको पीडितको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
रेशमले यसअघि दुई बिहे गरेपनि दुबैले छाडेर हिँडेको र ती किशाेरीलाई तेस्रो श्रीमती हुन बाध्य बनाउने उद्देश्यले उनले जबरजस्ती करणी गरेको बताइएको छ । सोही योजनाअनुसार बहिनी र सौतेनी आमाले मतियारको भूमिका खेलेको हुन सक्ने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रमुख प्रहरी नावय निरीक्षक शेरबहादुर खत्रीले रेशमकी आमा र वहिनीलाई पनि सोधपुछका लागि कार्यालयमा झिकाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण