दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार
बुटवल–दाङ्गमा दुई पक्षबीचको विवाद मिलाउन गएका प्रहरी जवानमाथि नै खुकुरी प्रहार भएको छ ।
जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्वर २ अमुवा टोलमा दुई समूहबीच भएको विवादलाई मिलाउन पुगेका खितलपुर इलाका प्रहरी कार्यालयका प्रहरी जवान चन्द्र प्रकाश ओली माथि खुकुरी प्रहार भएको हो ।
गम्भीर घाईते ओलीको टाउकोमा १० वटा टाँका लगाईएको त्यस ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताएका छन । उनका अनुसार थप दुई जना बिशाल रोका र नैनबहादुर नेपालीलाई पनि चोट लागेको छ ।
सोही ठाउँ निवासी विशाल रोका र चन्द्रप्रकाश नेपालीको समूहबीबच विवाद भएको र त्यसको सूचना आए पछि प्रहरी जवान ओलीलाई त्यहाँ खटाइएको थियो ।
उनलाई आक्रमण गर्ने सोही गाउँपालिका –२ अमुवाका २५ बर्षिय चन्द्रबहादुर रोका , २० बर्षिय नैनसिंह नेपाली , २२ बर्षिय शुकलाल नेपाली र १६ बर्षका बीरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट खुकुरी , बञ्चरो र खुर्पा लगायतका घरेलु हतियार बरामद गरिएको प्रहरी प्रहरीले जनाएको छ ।
उनीहरु विरुद्ध ज्यान माने उद्योग सम्वन्धि मुद्धा अदालतमा दायर गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण