कविता : दुःखी फूल
शनिबार, ०८ मङ्सिर २०७५, १२ : १९
पहराबीच सुनगाभा नाच्छ
हिलोबीच कमल बाँच्छ
काँडाबीच गुलाफ हाँस्छ
अभावबीच तिमीले फुल्न बिर्सिदिए
यो वैरागीलाई कसले पिरती गाँस्छ ?
समयको डोबहरूमा
केही प्रेमिल सम्झनाका पाइलाहरू
त्यतिखेरसम्म ज्युँदा हुनेछन्
जतिखेरसम्म तिमीले अरूको शिरमा सजिन
हाँगाबाट चुँडिएर मृत्यु स्वीकार्ने छौ ।
अभावबीच फुल्नु
मृत्युलाई भुल्नु
कुनै संयोग ?
कुनै वियोग ?
या कुनै कर्तव्य ?
आफूलाई यही सम्झ– दुःखी फूल !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण