सामसङ ग्यालेक्सी ए७ अब नीलो रंगमा
काठमाडौं – सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ग्यालेक्सी ए७ को सफल प्रिबुकिङ्ग पछि नीलो रंगमा बजारमा प्रस्तुत गरेको छ । यसको अकर्षक डिजाइन, शक्तिशाली ट्रीपल क्यामेरा आकर्षक नयाँ रङ्ग र विशेष कार्यक्षमता भएको फोन हो ।
ग्यालेक्सी ए७ उपभोक्ताहरुको अन्तरदृष्टिको आधारमा तयार पारिएको छ, यस हिसावले नेपालका अधिकांश युवा युवतीहरुले स्मार्ट फोनमा भएको फ्रन्ट क्यामराको उपयोग दैनिक गर्ने गर्दछन् । फ्रन्ट क्यामराको तुलनामा रियर क्यामराको प्रयोग भने दुई गुणा बढी गर्ने गरेको पाइन्छ । नयाँ ग्यालेक्सी ए७ मा तीन वटा क्यामरा छन् ।
यसका अतिरिक्त ८ मेगापिक्सल १२० डिग्रि अल्ट्र वाइड लेन्स रहेको छ । यसले मानिसको आँखाबाट जस्तो देखिन्छ त्यस्तै गरी तस्वीर खिच्न सक्दछ । २४ मेगापिक्सल प्राइमरी तथा सेल्फी क्यामरामा भएको नयाँ प्रविधि– जसले कम उज्यालोको अवस्थामा खिचिएको तस्वीरको पहिचान गरी चार पिक्सललाई जोडी “सुपर पिक्सल” मा जोडी सफा तस्वीर प्रदान गर्दछ ।
२४ मेगापिक्सल प्राइमरी क्यामराको साथ ५ मेगापिक्सल डेप्थ लेन्स, लाइभ फोकस सुविधाले डेप्थ अफ फिल्डको कन्ट्रोल गर्दछ, जसबाट पं्रयोगकर्तालाई फोटो खिच्नुभन्दा अगाडि वा फोटो खिच्दै गर्दा इन्डेप्थलाई मिलाउन सकिन्छ । ग्यालेक्सी ए७ ४जीवी र ६४ जीवीको नेपाली मूल्य ४२,९९० रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (सूचीसहित)
-
युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
-
सिड्नीमा रामकृष्ण ढकालको सांगीतिक प्रस्तुतिसँगै ‘मालती मंगले’को रेडकार्पेट प्रिमियर
-
दुर्व्यवहारको विरोधमा चिकित्सक आन्दोलित, बिरामीलाई मर्का (भिडिओ)
-
स्थायी बसोबास अनुमतिका लागि कडा मापदण्ड लागू गर्दै जापान
-
सरकारबाट कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण