मन्दिरमा किन राखिन्छ घन्टी ?
हरेक धर्ममा आ—आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दु धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् ।
अधिकांश हिन्दु मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसबाहेक वैज्ञानिक कारण पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । दुई कारण तल प्रस्ट्याईएको छ ।
धार्मिक कारण
मन्दिरबाहिर, प्रवेशद्धार, भित्र वा वरिपरि जताततै घन्टी राखिएको हुन्छ । मन्दिर गएपछि घन्टी बजाउनुपर्छ भन्ने मान्यता छ । तसर्थ, जानीनजानी पनि मन्दिर प्रवेश गर्नुअघि दर्शानार्थीले घन्टी बजाउँछन् । घन्टी
बजाउँदा पाप भाग्ने र शक्ति प्राप्त हुने आगमशास्त्रमा उल्लेख छ ।
घन्टीको आवाज देवीदेवतालाई सुमधुर लाग्छ भन्ने अर्को मान्यता पनि प्रचलित छ ।
वैज्ञानिक कारण
मन्दिर प्रवेश गरेसँगै घन्टी बजाउँदा मनलाई सफा र जागरुक बनाउँछ ।
साथै, ध्यानलाई पुर्ण रुपमा केन्द्रित गर्दै भक्तितिर आकर्षित गर्दछ ।
प्राय : घन्टी लामो र तिखो आवाज आउने गरी बनाइएका हुन्छन् जसको प्रतिध्वनी कम्तीमा सात सेकेन्सम्म सुनिन्छ । प्रतिध्वनिको समयावधिले हाम्रो शरीरका सातैवटा रोगनिवारक केन्द्रलाई सक्रिय बनाउँछ ।
जसले मस्तिष्कमा रहेका सबैखाले नकारात्मक विचार हटाउन मद्दत गर्छ भन्ने वैज्ञानिक मान्यता छ । आजको नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण