चार शिक्षक– शून्य विद्यार्थी, तलवका लागि हाजिरी !
गुल्मी– हेलो सर, त्यो विद्यालयमा त एक जना पनि विद्यार्थी छैनन रे’नि ? उताबाट जवाफ आउँछ – ‘हो सर, विद्यार्थी त जिरो नै छन् । शिक्षक चाँही कति हुनुहुन्छ नि ? अर्को प्रश्नमा जबाफ आउँछ –तीन जना अस्थाई र एक जना निजी श्रोत सहित चार जना छौं ।
त्यसो भए त काम केहि छैन हैं ? भन्ने तेश्रो प्रश्नमा उनले भने–‘ सधै दश वजे विद्यालय पुगेर आ–आफ्नो हाँजिर गरेकै हुन्छौं क्यारे, विद्यार्थी एक जना पनि नभएपछि बस्ने कुरै भएन , हाजिर गरेपछि घर फर्किन्छौं । यसरी जे छ त्यही जवाफ दिने व्यक्ति हुन् –वाग्लुङ्गको गल्कोट नगरपालिका वडा नम्वर ५ हरिचौर स्थित शिद्धप्राविका प्रधानध्यापक हिमबहादुर खत्री ।
यो विद्यालयमा यसवर्षको पहिलो शैक्षिक सत्रमा ११ जना विद्यार्थी भर्ना भएपनि उनिहरु मध्ये एक जना पनि विद्यालय आउदैनन् । विद्यार्थी नआएपछि त्यहाँका चार जना शिक्षकहरुलाई हाजिर गर्न आउनु र घर जानु मात्रै भएको छ । प्रति शिक्षक मासिक कति सम्म तलव आउँछ सर ? भन्ने चौथो प्रश्नमा उनले भने–‘ महिनाको २७ देखि २८ हजार सम्म हामी स्थाईले तलव खान्छौं भने निजी श्रोतकी शिक्षिकाले मासिक ५ हजार खानु हुन्छ । यस हिसालले विना काम तीन शिक्षकले कम्तिमा पनि मासिक ८० हजार तलव घरै बसेर खाएको पाइएको छ ।
अघिल्लो वर्षमा २२, यो वर्षमा ११ विद्यार्थी हुने भएपनि जिल्ला शिक्षा कार्यालयले बर्षेनी निरक्षण गरिरहेका छन् । २०४१ सालमा स्थापना भएदेखि यो विद्यालयमा प्रावि तहमा हुनु पर्ने न्युनतम विद्यार्थीको संख्या कहिल्यै पुगेको छैन । २०५९ सालमा भने विद्यालयको ईतिहाँसमा सवै भन्दा बढि ३५ जना विद्यार्थीहरुको संख्या पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर थापाले बताए ।
प्रध्यानाध्यापक हिमबहादुर खत्रीले व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघलगायतको निर्णयअनुसार काम गरेपनि विद्यार्थी नआएको बताए । भने –‘मैलै विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार घरदैलो अभियान अगाडि बढाउन भनेँ तर अध्यक्षज्यूले आफ्ना बालबच्चा समेत अर्को विद्यालयमा भर्ना गरिसक्नुभएछ,। ’
उनले विद्यार्थी शुन्यमा झरे लगत्तै आफुले सम्बन्धीत स्थानमा जानकारी गराएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण