यी हुन् संसारकै सेक्सी ट्याक्सी ड्राइभर, जाममा पर्दा यात्रुलाई मज्जा (हेर्नुहोस् तस्बिर)
फिलिपिन्सको मनिलामा बस्ने २७ वर्षीया ट्याक्सी ड्राइभर जोयेस ट्याडिओको फोटो सोसल साइटमा भाइरल भइरहेको छ । उनलाई संसारको सबैभन्दा सेक्सी ट्याक्सी ड्राइभर भनिँदैछ । आफ्नो ग्ल्यामरस अन्दाजबाट चर्चामा आएकी जोयेससँग यात्रा गर्ने यात्रुले ट्राफिक जाममा पनि आनन्दित महसुस गर्ने उनी बताउँछिन् ।
मेडिकल रेप्रिजेन्टेटिभ बनिसकेकी छिन् जोयेसः
जोयेसका अनुसार ट्याक्सी ड्राइभर बन्नुभन्दा पहिले उनी एक औषधी कम्पनीमा मेडिकल रेप्रिजेन्टेटिभको रुपमा काम गरिसकेकी छिन् । तर यसबाट आफू आजित भएकाले करिब ८ महिना पहिले ट्याक्सी ड्राइभरको पेशालाई अंगालेको उनले बताइन् । आफू ड्रेसमेकिङसमेत पनि पढिरहेको उनले जानकारी दिइन् ।
पुरुषको बर्चस्व रहेको यो क्षेत्रमा महिला ट्याक्सी ड्राइभर देख्दा यात्रु प्रभावित भएर उनीसँग फोटो खिच्ने गरेको र त्यसलाई सोसल मिडियामा राख्ने भएकाले उनको फोटो भाइरल भएको बताइएको छ ।
उनलाई संसारको सबैभन्दा सेक्सी ट्याक्सी ड्राइभर बताइएको छ ।
१२ घण्टा काम गर्ने जोइस बताउँछिन्, ‘यात्रुहरुले धेरैजसो ट्याक्सी ड्राइभर पुरुष हुन्छन् भनी सोच्ने गर्दछन् । मलाई देखेपछि उनीहरु छक्क पर्छन् ।’
‘मलाई यात्रुहरुले जति ध्यान दिनुहुन्छ त्यति मनपर्छ, उहाँहरुले मन पराएको महसुस गर्न रमाइलो लाग्छ । यात्रुहरुसँग फोटो खिचाउन मलाई अत्यधिक खुसी लाग्छ भने उनीहरुको प्रशंसा सुनिरहन मनलाग्छ,’ उनले भनिन् ।
‘धेरैजनाले मेरो नम्बर पनि माग्नुहुन्छ । यस्तो अवस्थामा म कुरालाई हाँसेर टार्छु । मैले कसैलाई पनि डेटिङ गरेको छैन किनभने ड्राइभर र पेसेन्जरबिच निकै कडा नियम तोकिएको छ,’ उनी भन्छिन् ।
उनका पुरुष साथीहरुले उनलाई यो पेशा अंगाल्न सुझाएको जानकारी दिँदै आफूले ‘साथीहरुको कमाई’ सँग प्रभावित भएर यस्तो गरिरहेको बताइन् ।
मनिलाको बोनिफासियो ग्लोबल सिटीको वरिपरि काम गर्ने जोयेसले आफ्नो रुटको नजिक भएका यात्रुलाई यात्रा गराउने जानकारी दिइन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण