बिजौरी सामुहिक बलात्कार काण्डका मुख्य अभियुक्त १० वर्षपछि समातिए
बुटवल– आजभन्दा १० बर्षअघि दाङ्गको बिजौरीमा एक युवतीको सामुहिक रुपमा भएको बलात्कार काण्डका मुख्य अभियुक्तलाई त्यहाँको प्रहरीले पक्राउ गर्न सफल भएको छ । २०६५ साल चैत्र १५ गते घोराहीको महेन्द्र बहुमुखी क्याम्पसकी कक्षा १२ मा पढ्ने छात्रा १७ वर्षीया कल्पना खनाललाई विजौरीमा सामुहिक बलात्कार गर्नेहरुमध्ये १० बर्षसम्म फरार रहेका मुख्य अभियुक्त ३१ वर्षीय बिष्णु चौधरी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई तुल्सीपुर उप–महानगरपालिका १८ स्थित एक घरमा लुकेर बसेको विशेष सुचनाका आधारमा पक्राउ गरेको हो ।
रातभर सामुहिक बलात्कारमा परेकी कल्पनाको ८४ औं दिनमा ज्यान गएको थियो । नेपाल बन्दका दिन आफन्तको घर तुल्सीपुरबाट घोराहीतर्फ हिडेर जाँदै गरेकी कल्पनालाई वेलझुण्डीस्थित संस्कृत विश्व विद्यालयको प्रतिक्षालयबाट कल्पनालाई नियन्त्रणमा लिई नजिकै रहेको टिनको घुम्तीमा लगेर चौधरीसहित ८ जनाले सामुहिक बलात्कार गरेका थिए ।
सामुहिक बलात्कारबाट विक्षिप्त बनेकी कल्पनाको लामो समयसम्म उपचार गर्दा पनि निको हुन नसकेर ज्यान गएको थियो । सनसनीपूर्ण सो घटनाबाट दाङ्गका महिलाहरु अहिलेसम्म त्रसित छन् । ६ जनाले कैद भुक्तान गरी सकेका छन् भने अर्का एकजना मोहन पुन अझै फरार छन् । फरार पुनको खोजीलाई पनि तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
चौधरीलाई सर्वोच्च अदालतले २०७२ साल फागुन ३० गते ९ बर्ष ११ महिना २ दिनको कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो । प्रहरी कार्यालयले चौधरी अरु काण्डमा पनि संलग्न भए नभएकोबारे सुचना दिन समेत अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण