तीन सन्तान हुनेबित्तिकै लाखौंको ऋण माफी, करसमेत लाग्दैन
बीबीसी
हंगरीमा चार बढी सन्तान हुने महिलालाई जीवनभरी आयकरमा छुट दिइने त्यहाँका प्रधानमन्त्रीले घोषणा गरेका छन् ।
प्रधानमन्त्री भिक्टोर आर्बनले आप्रवासीमाथि निर्भरता घटाउन र हंगरीको भविष्यलाई बचाइराख्ने यो नै एक तरिका भएको बताएका छन् ।
दक्षिणपन्थी राष्ट्रवादी विशेष रुपमा मुस्लिम देशबाट आइरहेका आप्रवासीको विरोध गरिरहन्छन् ।
हंगरीको जनसंख्यामा हरेक वर्ष ३२ हजारको कमी भइरहेको छ र युरोपेली संघको तुलनामा यहाँका बच्चाको औसत संख्या कम छ ।
बच्चा जन्माउन प्रोत्साहन स्वरुप यहाँका युवा जोडीलाई करिब लगभग ४२ लाख रुपैयाँको ब्याजबिनाको ऋण प्रदान गरिनेछ । उनीहरुको तीन सन्तान हुनेबित्तिकै यो ऋण माफी गरिनेछ ।
प्रधानमन्त्री आर्बनले भने, ‘हामीलाई संख्या होइन, नागरिकको आवश्यकता छ ।’
नीतिको विरोधः
जब प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरिरहेका थिए, देशको राजधानी बुडापेस्टमा यी नीतिविरुद्ध विरोध भइरहेको थियो ।
उनको कार्यालयका अगाडि करिब दुई हजार प्रदर्शनकारीले यसलाई फिर्ता लिन माग गरिरहेका थिए र राजधानीका अन्य भागमा पनि यसविरुद्ध आन्दोलन भइरहेको थियो ।
संवाददाताका अनुसार प्रधानमन्त्रीको भाषणले त्यतिबेला प्रशंसा पायो जब उनले जन्मदर बढाउनका लागि सात सूत्रीय योजनाको घोषणा गरे ।
उनको योजनामा के–के छन् ?
– अबको तीन वर्षमा २१ हजार बढी नर्सरी बनाइनेछन् ।
– देशको स्वास्थ्य व्यवस्थामाथि अतिरिक्त २.५ अर्ब डलर खर्च गरिनेछ ।
– घर–घरमा सरकारी आर्थिक सहायता प्रदान गरिनेछ ।
– सात सिट भएको गाडी खरिद गर्नेलाई सरकारले मद्दत गर्नेछ ।
प्रधानमन्त्री आर्बनले आफ्नो सम्बोधन हंगरी जिन्दाबाद, हंगरीका नागरिक जिन्दाबाद... को नाराले समाप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण