फर्किंदैछ यो रियालिटी शो, ‘कपिल शर्मा...’ पछि सलमान खानको दोस्रो धमाका
शुक्रबार, १० फागुन २०७५, १० : ५५
सानो पर्दामा ‘नच बलिये’ नामको डान्स रियालिटी शोले निकै धमाका पिटेको छ । कार्यक्रममा सेलिब्रिटी जोडीले आफ्नो नृत्यको जादु देखाउँछन् । शो अब आफ्नो नयाँ सिजनसहित आउने तयारीमा छ । जानकारीका अनुसार नच बलिये ९ सुरु गर्नका लागि तयारी सुरु भइरहेको छ । यसबारे च्यानलले प्रोडक्सन हाउससँग पनि कुरा चलिरहेको छ । यद्यपी, अहिलेसम्म कुनै पनि सेलिब्रिटी जोडीलाई कन्ट्र्याक्ट गरिएको छैन ।
जानकारीका अनुसार सलमान खान र कट्रिनाको जोडी यसपटकको सिजनमा जजको कुर्सीमा देखिनेछन् । सलमान खानको प्रोडक्सन हाउसले यसपटकको नवौं सिजनलाई निर्माण गर्दैछ ।
सलमान खानको कम्पनीले नै अब कपिल शर्माको शोलाई निर्माण गरिरहेको छ । नच बलियेको नवौं संस्करण मे महिनामा अन एयर हुनसक्छ र जुनमा सलमान खानको फिल्म ‘भारत’ रिलिज भइरहेको छ जसमा कट्रिना मुख्य भूमिकामा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
-
जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
-
काठमाडौँका सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो
-
उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा मोटरसाइकल फेला, सम्बन्धितलाई हस्तान्तरण
-
नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण