यी हुन् आफूलाई गाडी किन्ने रकमले जनतालाई एम्वुलेन्स किन्ने गाउँपालिका प्रमुख
बुटवल–प्रदेश ५ का नगर र गाउँपालिका प्रमुखहरुले आफूलाई सुविधा सम्पन्न गाडी खरिद गर्ने होडवाजी चलिरहेका बेला गुल्मीको मदाने गाउँपालिकाले भने गाडी खरिद गर्न छुट्टाएको रकमले जनताको स्वास्थ्यमा सरल पहुँच पुर्याउने उद्देश्यका साथ एम्वुलेन्स खरिद गरिद गरेर उदाहरण प्रस्तुत गरेको छ।
सो गाउँगाउँपालिका प्रमुख दानबहादुर केसी (खत्री) ले यस्तो उदाहणीय कार्य गरेका हुन् । ‘गत बर्ष प्रमुख केसीलाई गाडी किन्न रकम छुट्ट्याएका थियौं’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले भने, ‘उहाँले मान्नु भएन , विकट गाउँका जनता विरामी पर्दा तत्काल उपचार पाउन सकेको छैनन् उनीहरुलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउन एम्बुलेन्स किनौं भन्नु भयो र यसै हप्ता दुई वटा एम्वुलेन्स गरि यहाँको विकट गाउँ बाँझकटेरी र सिर्सेनीमा सञ्चालनमा ल्याएका छौं ।’
उनका अनुसार मदाने गाउँपालिका २ बाँझकटरी र वडा नम्वर ३ सिर्सेनीमा सञ्चालनमा ल्याइएको दुई वटा एम्वुलेन्सको मूल्य २१ लाख १४ हजार रहेको छ । एम्वुलेन्स सेवा सञ्चालनमा आएपछि गाउँवासीले तत्काल सुविधा प्राप्त गर्न पाउँदा खुशी भएका छन् ।
गाउँपालिकाले भाडाको गाडी समेत सकेसम्म लिँदैन । अनुगमन र कतै जान परे मात्र निश्चित समयका लागि गाडी लिने गरिएको प भण्डारीले बताए ।
गाउँपालिका प्रमुख केसीले यातायात सुविधा नपुगेका गाउँमा ७५ किलोमिटर नयाँ मोटर बाटो खनेर सुविधा समेत प्रदान गरेका छन् ।
जिल्लाका अन्य सवै स्थानीय सरकार प्रमुखहरुले भने गाडी खरिद गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण