बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘लेट मी डान्स स्कुल च्याम्प’मा १ लाख पुरस्कार

मङ्गलबार, १७ साउन २०७४, ११ : ५२
मङ्गलबार, १७ साउन २०७४

काठमाडौं –त्रिकाल आर्ट एकेडेमी र मधुरिमा नेपाल कल्चर सेन्टरको संयुक्त आयोजना रहेको ‘लेट मी डान्स स्कुल च्याम्प’ २८ साउनबाट राजधानीमा सुरु हुँदैछ । 
१५ बर्ष मुनिका बालबालिकाको सहभागीता रहने प्रतियोगिताको मुख्य उदेश्य  बालबालिकाको क्षमता विकाश गराउनुका साथै उनीहरुमा लुकेर रहेको प्रतिभा बाँहिर ल्याउनु रहेको छ । 


प्रतियोगीताले बालबालिकाको नृत्यमा निखार ल्याउनुका साथै उनीहरुको बौद्धिक विकास समेत गर्ने आयोजक संस्थामा छेडुप लामाले बताए । 


प्रतियोगिताको अडिसन श्रावण २८ बाट सुरु हुँदैछ । अडिसन सामाखुशी, बौद्ध, कोटश्वर, कलंकी लगायतका स्थानमा अडिसन हुनेछ । प्रतियोगितामा जर्जका रुपमा नृत्य निर्देशक केपी पौडेल, निरिप केसी रहनेछन् । 


दुई हजार बढी बालबालिकाको सहभागी रहने प्रतियोगिताका विजेताले १ लाख, फस्ट रनर अपले ५० हजार, सेकेण्ड रनर अपलाई २५ हजार, थड रनर अपलाई १५ हजारका साथै ट्रफि र गिफ्ट पुरस्कार पाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप