बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

कात्तिकमै सौगात र बेनिशा ‘झ्यानाकुटी’

मङ्गलबार, १७ साउन २०७४, १३ : १९
मङ्गलबार, १७ साउन २०७४

काठमाडौ –अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको रोमान्स रहेको चलचित्र ‘झ्यानाकुटी’ कात्र्तिकमा पुगेको छ । केही पहिले ८ भाद्र रिलिज मिति घोषणा गर्दै फस्टलुक सार्वजनिक गरिएको चलचित्र अहिले सरेको हो । 


काम पनि नसकिएको र प्रचार प्रसार पनि नभ्याएको भन्दै चलचित्र सारिएको निर्माण युनिटले जनाएको छ । 


चलचित्र अभिनेत्री निशा अधिकारीले निर्माण गरेकी हुन् । शदर भेषावकरसँग घरजम गरेकी निर्मात्री निशा घरजममा अल्झिए पछि चलचित्रको काम समयमै पुरन हुन नसकेको हो । 


अभिनेत्री निशाले चलचित्रको रिलिज डेट अहिले कात्तिक १७ सार्वजनिक गरेकी छन् । सिमोश सुनुवारले निर्देशन गरेको यो निशाले निर्माण गरेको पहिलो चलचित्र हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप