श्रीमतीलाई बुझ्न बनाइयो एपः कम्पनीले भन्यो – महिलाको दिमागले एउटा कुराको अर्कै अर्थ निकाल्छ
जापानको एक कम्पनीले श्रीमतीको व्यवहार जान्नका लागि एउटा एप बनायो । उद्देश्य थियो, सानो बच्चाको लालनपालनमा आमा–बुवा दुबैको सहभागिता बढाउनु । तर एपको प्रोमोशनको लागि बनाइएको वेबसाइटमा श्रीमानलाई यस्तो सल्लाह दिएको छ जसका कारण मानिसहरुले कम्पनीलाई महिला विरोधी बताएको छ ।
कम्पनीको वेबसाइटमा संरचना, सर्किट र सिग्नलको आधारमा महिलाको दिमाग पुरुषको भन्दा भिन्न हुने भएकाले महिला र पुरुषबीच झगडा हुने गरेको तर्क दिएको छ । उक्त वेबसाइटमा बताइएको थियो – महिला र पुरुषले एउटै सूचना पाएपनि त्यसमाथिको उनीहरुको प्रतिक्रिया अलग हुन्छ ।
विवाद बढिरहेको थाहा पाएपछि कम्पनीले वेबसाइटमा दिएको सुझाव हटाउनुका साथै आफ्नो ग्राहकको सुझावलाई मनदेखि नै स्विकार गर्ने बताउँदै माफी माग्यो । कम्पनीले वेबसाइटमा केही सेक्सन पनि परिवर्तन गर्यो ।
– मिठाई बनाउने जापानको सबैभन्दा ठूलो कम्पनी इजाकी ग्लिकोले हालै कोपे नामको एउटा एप लञ्च गरे । यसमा ‘आमाको भावना पिताका लागि’ शीर्षकमा श्रीमतीले रिसाएका बेला देखाउने आठ सम्भावित ढाँचाबारे जानकारी दिइयो । यसलाई श्रीमानका लागि भन्दै वेबसाइटमा अपलोड पनि गरियो ।
एपको दाबी अनुसार जब कोही महिला ‘अब हामी सँगै बस्नुको कुनै अर्थ छैन’ भन्छिन् तब उनीहरुले वास्तवमै सोध्न चाहन्छन् कि ‘तिमी मेरा बारे के सोच्छौ ?’ यसैगरी, जब श्रीमती कुनै काम गरिरहेकी छिन् र ‘यो निकै गाह्रो छ’ भन्छिन् तब उनले ‘म जे गरिरहेकी छु, तिमीले त्यो तारिफ गर्नुपर्छ’ भन्न खोजिरहेकी हुन्छिन् ।
सोसल मिडियामा एपको निकै आलोचना भयो । एक आलोचकले कम्पनीले महिलालाई उपेक्षा गरेको आरोप लगाएका छन् ।
श्रीमतीको प्रश्नबाट बच्न अफिसको समस्या बताउनुस्ः
– एपमा सल्लाह दिइएको छ, ‘यदि श्रीमतीले ‘तिम्रो लागि तिम्रो काम महत्वपूर्ण हो कि परिवार’ भनेर प्रश्न सोध्छिन् तब पुरुषले ‘माफ गर, मेरो कारणले तिमीले एक्लो महसुस गर्नु परिरहेको छ’ भनेर माफी माग्नुपर्छ ।’
साथै एपले श्रीमतीको प्रश्नबाट बच्नका लागि श्रीमानले अफिसमा हुने समस्याबारे कुरा गर्नुपर्ने सल्लाह दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण