भरत मोहन अधिकारीलाई अब बचाउन सक्ने सम्भावना न्यूनः अस्पताल
काठमाडौं– नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको उनी उपचाररत ह्याम्स अस्पतालले जनाएको छ ।
अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको हो । उनलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औषधिहरुको प्रयोग गरिएको पनि अस्पतालको भनाई छ ।
‘आजको अवस्था अनुसार उहाँको सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छोड्दै गएको देखिन्छ र उहाँलाई कृतिम स्वासप्रस्वासको लागि भेन्टिलेटरमा राखिएको छ’, अस्पतालका डाक्टर भास्करराज पन्तले पत्रकार सम्मेमलनमा भने, ‘रक्तचाप बढाउने औषधिको प्रयोग गर्नुपरेको छ । वितेको २४ घण्टादेखि पिसाव भएको छैन । समग्रमा हाम्रो सम्पूर्ण प्रयासका बाबजुत उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ ।’
अस्पतालले अधिकारीको उपचार जारी राखिएको पनि पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाएको छ ।
फोक्साे* र मुटुमा समस्या भएपछि अधिकारी सो अस्पतालमा तीन सातादेखि उपचाररत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण