बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘जता जता पिरतीको बाटो...’ ट्रेन्डिङको शीर्ष स्थानमा

बुधबार, १८ साउन २०७४, ११ : १९
बुधबार, १८ साउन २०७४

काठमाडौं – पछिल्लो समय सार्वजनिक भएका केही गीत संगीतले युट्युबमा एकै दिन धेरै दर्शक पाउन थालेका छन् । यस्तैमा मंगलबार सार्वजनिक भएको ‘जता जता पिरतीको बाटो...’बोलको गीतले पनि २४ घन्टा नबित्दै ३ लाख बढि दर्शक पाएको छ । 

‘कार्टुन्ज क्रु’माथी फिचरिङ गरिएको यो गीतले छोटो समयमा दर्शक धेरै मात्र पाएको होइन । भिडियो पनि युट्युबमा नेपालको ट्रेन्डिङमा पहिलो नंबरमा आएको छ । युट्युवमा अपलोड गरिएको १२ घण्टामानै ट्रेन्डिङमा पहिलो स्थानमा आएको नेपालको कन्टेस्टमा यो पहिलो गीत हो । 

समाचार तयार पार्दासम्म भिडियोलाई करिब ३ लाख ३५ बढिले हेरको छन् । ‘जता जता पिरतीको बाटो’ बोलको गीत ‘तिमीलाई देखेपछि आइ लभ यू’ बोलको गीतको सिक्वेलको रुपमा बनाइएको हो । 

शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर छ । गीतमा दिनेश थपलियाको शब्द तथा र बसन्त सापकोटाको संगीत छ । 

पोखराका रमणीय स्थानहरुमा सुटिङ गरिएको भिडियोमा नायक पल शाहलाई पनि फिचरिङ गरिएको छ । भिडियोमा कार्टुन्ज क्रुको मेम्बरहरुको कमेडी पाटोलाई देखाईएको छ । कार्टुन्ज क्रुले यो भिडियोलाई आफूहरुको कमब्याक बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप