प्रियंकाले पति निकलाई पूर्वप्रेमिकासँग ‘च्याट’ गरिरहेको भेटेपछि...
मुम्बई – केहि समयअघि मात्रै विवाह बन्धनमा बाधिँएका बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस विवाहपछि अमेरिकामा बस्दै आएका छन् । सञ्चार माध्यमहरुमा विभिन्न कारणले चर्चामा आइरहेका यो जोडीको फेरि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
भाइरल हुनुको मुख्य कारण यतिवेला चाहिँ निककी पूर्वप्रमिका माइली साइरस हुन् । निकको र माइलीको सम्बन्ध प्रियंकासँग भेट्नुभन्दा अगाडिको हो । उनीहरु एकअर्कासँग डेट गरिरहेका थिए ।
माइलीले केहि दिन अगाडि निकलाई इन्स्टाग्राममा एउटा तस्बिर पठाइन् । फोटो माइली र उनकी बहिनीको थियो । तस्बिरमा माइलीले जोनसको तस्बिर भएको टिसर्ट लगाएकी छिन् । त्यसपछि उनले निकले दिएको रिप्लाईसहितको स्क्रीनशट फेरि अपलोड गरिन् । फोटो सेयर गर्दै माइलीले ‘तपाईलाई आफ्नी पूर्वप्रेमीलाई थाहा होस् कि पुरानो फोटो हट थियो’ भनेर लेखिन् । फोटोको कमेन्टमा निकले ‘यो तस्बिर निकै हट छ’ भनेर लेखेका छन् ।
जब यो सबै प्रियंकाले देखिन् उनले पनि फोटोमा कमेन्ट गर्दै लेखिन्, ‘हाहाहा... ‘हबी’ सहि हो । यो फोेटो वास्तवमै हट छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण