रातोपाटी समाचार प्रभाव : जनप्रतिनिधिहरुले फिर्ता गरे दोहोरो सुविधा बापतको रकम
गुल्मी । गुल्मीका जनप्रतिनिधिहरुले राज्यकोषको दोहोरो सुविधा लिई दोहन गरेको खुल्न आएको समाचार यस रातोपाटीमा प्रकाशित भएपश्चात दोहोरो सुविधाको रकम फिर्ता गरेका छन् ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–४ का वडाअध्यक्ष भरतलाल थापा पूर्वनिजामती कर्मचारी भएको र उनले नेपाल सरकारकारबाट पेन्सन र गाउँपालिकाबाट मासिक तलब लिँदै आएका थिए ।
यस्तै सोही गाउँपालिकाका–६ हरेवाका वडाअध्यक्ष गोकर्ण प्रसाद शर्माले पूर्वशिक्षक हुन् । उनले पनि नेपाल सरकारबाट पेन्सन र गाउँपालिकाबाट मासिक तलब लिँदै आएका थिए ।
चन्द्रकोट गाउँपालिकाका सुचना अधिकारी बसन्त रावतका अनुसार अध्यक्षद्धयले शुक्रबार गाउँपालिकाबाट लिँदै आएको थापाले २ लाख ३७ हजार ५६ रुपैयाँ र शर्माले २ लाख ४ हजार ४ सय १६ रुपैयाँ फिर्ता गरेका हुन् ।
उनीहरुले गाउँपालिकाको सञ्चित खातामा जम्मा गरिदिएको सुचना अधिकारी रावतले जानकारी दिए । यस सम्बन्धमा गाँउपालिका अध्यक्ष द्रोण खत्रीले कसैको दवावमा नभई नैतिक रुपमा यो कार्य गरेकोप्रति वडा अध्यक्षद्धयलाई धन्यवाद प्रकट गरे ।
यस्तै रेसुङा नगरपालिका – ११ का वडाअध्यक्ष खुब बहादुर रानाले पनि लिएको दोहोरो सुविधा फर्काउने तयारी गरिरहेका सूचना अधिकारी रावतले बताए । यता १२ का वडाअध्यक्ष कुल बहादुर टण्डनसंग सम्पर्क राख्दा सम्पर्क हुन सकेको छैन ।
५ नं प्रदेशले बनाएको कानुनमा निवृत्तिभरण पाउनेको हकमा उपलब्ध हुने हकको सुविधामा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारको सेवाबाट अवकाश लिई सरकार वा तहबाट निवृत्तिभरण पाइरहेको कुनै व्यक्ति वा पदाधिकारी, सदस्य वा सभासदस्य निर्वाचित भएमा त्यस्तो व्यक्तिले दफा ३ बमोजिम मासिक सुविधा वा निवृत्तिभरणमध्ये कुनै एक मात्र सेवा लिन पाउने स्पष्ट उल्लेख गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण