जब अक्षय र प्रियंका एउटै होटलमा ‘डिनर’को लागि पुगे
एजेन्सी – बलिउड तथा हलिउडमा समेत चर्चा कमाइसकेकी प्रियंका चोपडाको नाम धेरैसँग जोडिएको थियो । केहि समय अघिमात्रै निक जोनाससँग विवाह गरेकी प्रियंकाको नाम कुनै समय अक्षय कुमारसँग जोडिएको थियो । विवाहित अक्षयसँग नाम जोडिएपछि बलिउडमा उनीहरुको सम्बन्धलाई लिएर विभिन्न किसिमका टिकाटिप्पणी भएका थिए ।
फिल्म ‘एतराज’ को सुटिङका क्रममा नजिकिएका प्रियंका र अक्षयको जोडीलाई धेरैले रुचाएका थिए । तर, अक्षयकी श्रीमती ट्विकंल खन्नाले उनीहरुको सम्बन्धको बारेमा थाहा पाएपछि खन्नाले अक्षयलाई प्रियंकासँग काम गर्न रोक लगाइन् ।
प्रियंका र अक्षयको लामो समयपछि पुनः देखादेख भएको छ । सम्बन्ध टुटेको धेरै वर्षपछि बिहे गरेकी प्रियंका आफ्ना साथीहरुसँग जुन होटलमा खाना खानको लागि गएकी थिइन अक्षय पनि उनकी पत्नीसँग खाना खान गएका थिए । मुम्बईको सोहो हाउस रेस्टुरेन्टमा उनीहरु केही समयको अन्तरमा गए र केहि समयको अन्तर पारेर नै फर्किए ।
रिपोर्टको अनुसार उनीहरुबीच कुनै पनि कुराकानी भएन । जब अक्षयले उक्त होटलमा प्रियंका पनि छिन् भन्ने थाहा पाए तब उनले मेनेजरलाई भनेर आफ्ना लागि छुट्टै कुनाको टेबलमा बस्न बन्दोबस्त गर्न लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण