रणबीर कपुर र दीपिका पादुकोणको विशेष सम्बन्ध, भेट हुँदा यसरी अँगालो हाले
रणबीर कपुर र दीपिका पादुकोण बलिउडका यस्ता जोडी हुन् जो ब्रेकअपपछि पनि साथीको सम्बन्ध कायम राख्न सफल भएका छन् । सोमबार आयोजित एक कार्यक्रममा दीपिका र रणबीरको विशेष सम्बन्ध देखिएको छ । दुबैलाई एउटा कार्यक्रममा सँगै देखिएको थियो ।
रणबीर कपुर र दीपिकाको तस्बिर सोसल मिडियामा चर्चाको विषय बनेको छ । यी तस्बिरमा रणबीर र दीपिका एक–अर्कालाई अँगालो हालिरहेको देख्न सकिन्छ ।
यी दुईको ब्रेकअप भएको करिब ६ वर्षपछि सँगै स्क्रिनमा देखिएका छन् । उनीहरु एउटा विज्ञापनको सुटका लागि सँगै देखिएका थिए । दीपिका पादुकोणले आफ्नो इन्टाग्राम अकाउन्टमा यसको एउटा तस्बिर सेयर गरेकी थिइन् । यो तस्बिरमा रणबीर कपुरले कमेन्ट गर्दै लेखेका थिए, ‘हेलो डिम्पल, हाम्रो पुनः भेट भयो ।’
कामको कुरा गर्नुपर्दा दीपिका पादुकोण फिल्म छपाकमा देखिनेछिन् भने रणबीर कपुरको फिल्म ब्रम्हास्त्र यसै वर्ष रिलिज हुने तयारीमा छ । फिल्ममा उनीसँग आलिया पनि देखिनेछिन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण