अवार्ड जितेपछि दीपिकालाई चुम्बन र रणबीरलाई अँगालो हाले रणवीर सिंहले, भिडियो चर्चित
रणवीर सिंहले एकपछि अर्को हिट दिइरहेका छन् । उनले गत वर्ष रिलिज भएको पद्मावत र सिम्बासाथै यसै वर्ष फेब्रुअरीमा रिलिज भएको फिल्म गली बोयजस्तो ब्याक टु ब्याक सुपरहिट फिल्मसँग स्टारडम हासिल गर्न सफल भएका छन् । उनको पछिल्लो फिल्म गली बोयले पनि संसारभरी २३५ करोड भारुको व्यापार गर्न सफल भएको छ । यस्तै, पद्मावतले संसारभरी ५०० करोड भारु कमाई गरेको छ । हालै मुम्बईमा आयोजित जी सिने अवार्डमा पनि रणवीरको जलवा देख्न पाइयो । उनले यो अवार्डमा बेस्ट एक्टरको भ्यूअर्स चोइस अवार्ड जिते । यो अवार्डको एउटा भिडियो निकै चर्चित भइरहेको छ ।
भिडियोमा रणवीर सिंह, रणबीर कपुर, आलिया भट्ट र दीपिका पादुकोण सँगै बसिरहेको देख्न सकिन्छ । रणबीरले अवार्ड जितेलगत्तै दीपिकालाई चुम्बन र रणबीरलाई निकै कसिलो अँगालो हान्छन् । साथै, उनले आलियालाई पनि अँगालो हाले ।
स्मरण रहोस्, यो अवार्ड शोको क्रममा रणबीर र आलियाले पहिलो पटक स्टेजमा आफ्नो प्रस्तुती पनि दिएका थिए । यी दुई फिल्म ब्रम्हास्त्रमा सँगै काम गरिरहेका छन् । उनीहरुसँग अमिताभ बच्चन पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण