सलमान खानले करियर सुरु गर्दा बालखै थिए यी नायिका, कोही जन्मिएकै थिएनन्
बलिउड निर्देशक संजय लिला भंसालीको ड्रीम प्रोजेक्ट इन्शाअल्लाहमा सलमान खानको मुख्य भूमिका छ । यसमा सलमानको अपोजिटमा आलिया हुनेछिन् । सलमानले सन् १९८८ मा ‘बीवी हो तो ऐसी’ फिल्मबाट बलिउड डेब्यू गरेका थिए । यो फिल्म रिलिज भएको चार वर्ष ६ महिनापछि आलियाको जन्म भएको थियो । सलमान खानको डेब्यू फिल्मको क्रममा उनीसँग काम गरिसकेका अहिलेका नायिकाको उमेर के थियो भन्ने जानकारी लिऔं ।
ज्याकलिन फर्नान्डिज र सलमान खानले रेस थ्री फिल्ममा काम गरेका थिए । सलमानले जब पहिलो फिल्म बीवी हो तो ऐसीबाट डेब्यू गरेका थिए, त्यतिबेला ज्याकलिन तीन वर्ष ११ महिनाकी थिइन् ।
अली अब्बास जफरको निर्देशनमा बनिरहेको फिल्म भारतमा दिशा पटानी पनि मुख्य भूमिकामा देखिनेछिन् । दिशाको जन्म बीवी हो तो ऐसी फिल्म रिलिज भएको चार वर्षपछि भएको थियो ।
कट्रिनाले सलमानसँग थुप्रै फिल्ममा काम गरेकी छिन् । सलमानको डेब्यू फिल्मको क्रममा कट्रिना पाँच वर्षकी थिइन् । दुबैले भारत फिल्ममा सँगै काम गरेका थिए ।
सलमान खान र सोनम कपूरले प्रेम रतन धन पायो फिल्ममा सँगै काम गरेका थिए । सन् १९८८ मा सलमानको डेब्यू फिल्मको क्रममा सोनमको उमेर तीन वर्ष थियो ।
सुल्तान फिल्ममा अनुष्का शर्मा, सलमानको लभ इन्टरेस्टको रुपमा देखिएकी थिइन् । सलमानले जब बलिउडमा डेब्यू गरेका थिए तब अनुष्का तीन वर्षकी थिइन् ।
करिना कपुर र सलमान फिल्म बडीगार्ड र बजरंगी भाइजानमा काम गरिसकेका छन् । सलमानको डेब्यू फिल्मको क्रममा करिनाको उमेर ७ वर्ष ११ महिना थियो ।
प्रियंका चोपडा सलमान खानसँग सलाम ए इश्म र मुझसे शादी करोगीजस्त फिल्ममा काम गरिसकेका छन् । सन् १९८८ मा जब सलमानले बलिउउडमा कदम राखेका थिए तब प्रियंका ६ वर्षकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण