रणबीर कपूरसँग ‘शारीरिक सम्बन्ध’ राख्न चाहान्थिन् कंगना
एजेन्सी – विवादित बयान, फिल्म र प्रेम सम्बन्धका कारण बारम्बार आइरहने बलिउड अभिनेत्री कंगना रनौतले मार्च २३ मा ३२ औँ जन्मदिन मनाइन् ।
जीवनको ३२ औँ बसन्तमा आइपुग्दासम्म कंगनाले थुप्रै संघर्षका सिँढी पार गरेर सफल अभिनेत्रीका रुपमा आफूलाई स्थापित गरिसकेकी छिन् । तर, कंगना जति करियरमा सफल छिन् त्यति नै प्रेम सम्बन्धमा असफल । सन् २०१७ मा ऋतिक रोशनसँग विवादमा मुछिएकी कंगनाको ४४६ पेज लामो इमेल बाहिरिएपछि झगडाले उग्र रुप लिएको थियो ।
उक्त इमेलमा कंगनाले रणबीर कपूरसँगको सम्बन्धका बारेमा पनि चर्चा गरेकी थिइन् । इमेलमा कंगनाले लेखेकी थिइन,‘ फिल्म ‘क्विन’ को सफलता भन्दा अगाडि रणबीर कपूर मलाई वास्ता गर्दैनथे । तर, फिल्मको सफलतापछि ‘ग्वालियर मे रिवालवर रानी’ को शुटिङको समयमा रणबीर मसँग नजिकिन खोजेका थिए । मैले उनलाई आफू सम्बन्धमा रहेको जानकारी गराएपछि उनीसँग मेरो केहि समय कुराकानी भएन ।’
कंगनाका अनुसार उनी न्यूयोर्कमा भएको समयमा उनलाई रणबीरले सोधेका थिए,‘न्यूयोर्क सिटी कस्तो छ ? त्यसपछि कंगनाले उनलाई सोधेकी थिइन्, ‘के तपाई शारीरिक सम्बन्ध राख्न चाहानुहुन्छ ? उनी थोरै अकमकाए र भने, ‘लामो समयसम्मको सम्बन्ध किन हुँदैन ? तर, मैले उनलाई इन्कार गरिदिए ।’ उनले अगाडि लेखेकी छिन्, ‘सायद यही कुराले उनलाई नराम्रो लागेको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण