‘तिम्रो मायामा’ गीतको कभर भिडियोलाई १ लाख पुरस्कार
काठमाडौं – गायिका रेनुका थापाको पप एल्वममा समावेश ‘तिम्रो मायामा’ गीतको कभर भिडियो प्रतिस्पर्धा आयोजना गरिएको छ । स्पर्धामा १ लाख नगद पुरस्कार राखिएको छ ।
गीतमा समूहमा वा दुई जनाको नृत्य गरेको भिडियो सङ्स नेपालमा इमेल गर्ने उत्कृष्टलाई पुरस्कार दिइने गायिका रेनुकाले बताइन् । ‘तिम्रो मायामा’ गीतमा देशभरबाट पठाइएका उत्कृष्ट नृत्यहरुको छनोट दशैं र तिहारको बीचमा राखिने गायिका थापाको भनाई रहेको छ ।
उनको तेस्रो एल्बको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । २०७० सातदेखि सांगीतिक प्रस्तुतिहरु दिन थालेकी थापाका ‘फूल झैं फूलिरहनु (२०७०’, ‘कोशिश गरे (२०७१’ र ‘तिम्रो मायामा(२०७४’ गरी तीन एल्वम बजारमा छन् । यी गीतहरुमा संगीत र शब्द पनि उनकै हो ।
गायन लेखनसँगै पछिल्लो भिडियोमा उनी आफैं अभिनयमा समेत देखिएकी छन् । उनको पछील्लो एल्वम ‘तिम्रो मायामा’ गीत र भिडियो दर्शकश्रोताले मन पराएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण