यूकेमा नेपाली माँझ ‘धनपति’
काठमाडौं –दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’ विदेशका विभिन्न शहरहरुमा पनि प्रदर्शन हुने भएको छ । नेपाल रिलिज त्यति सुखद बन्न नसकेको चलचित्र यूकेका विभिन्न शहरहरुमा प्रदर्शन हुने भएको हो ।
यूकेका सबै शहरहरुमा प्रदर्शन गर्ने अनुमती पाएको ३२ बक्सका एलबिजेट गुरुङका अनुसार, फोल्कस्टोनस्थित टावर थ्रिएटरमा २०१७ जुलाई ३०, अल्डरसटस्थित द एम्पायर हलमा २०१७ अगस्ट १८ र लण्डन सपारी सिनेमा हलमा २०१७ अगस्ट २० मा फिल्म ‘धनपति’ रिलिज हुनेछ । यूके चलचित्र प्रदर्शनका लागि ३२ बक्सलाई जी नाइनले सहयोग गरेको छ ।
‘पशुपतिप्रसाद’को सफलतापछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के. खनालको निर्देशनमा यो चलचित्र निर्माण गरेको हो । खगेन्द्र लामिछानेको लेखन रहेको चलचित्रको मुख्य भुमिकामा लामिछाने नै देखिएका छन् ।
खगेन्द्र लामिछा सहित चलचत्रिमा सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण