हिरासतमुक्त भएपछि जिल्ला नेताले छाडे विप्लवको पार्टी
आइतबार, १७ चैत २०७५, २० : ५१
केहि दिनअघि पक्राउ परेका विप्लव नेतृत्वका पश्चिम नवलपरासीका जिल्ला नेता तथा वर्दघाट नगर कमिटी इन्चार्ज गणेश ढकाल हिरासत मुक्त भएका छन् ।
उनी फागुन २१ गते नवलपरासी प्रहरीद्वारा पक्राउ परी अदालतमा मुद्दा दर्ता भई हिरासतमा थिए ।
पश्चिम नवलपरासीका जिल्ला प्रहरी प्रवक्ता डिएसी वीरेन्द्र थापाका अनुसार ढकाललाई अदालतले नियम अनुसारको धरौटी अशुल गराई आइतबार अपरान्ह रिहा गर्ने आदेश दिएको हो ।
हिरासतमुुक्त भएपछि नेता ढकाल स्वयमले एक विज्ञप्ती मार्फत आजको मितिदेखि विप्लव नेतृत्वको पार्टी परित्याग गर्ने घोषणा समेत गरेका छन ।
ढकालले जारी गरेको प्रेस विज्ञप्तीमा विप्लव समहको कुनै पनि जिम्मेवारी र हैसियतमा नरहने र उक्त समुह परित्याग गरेको उल्लेख रहेको डिएसपी थापाले बताए ।
उनी सोही नगरपालिका वडा नम्वर ४ का वासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण