हेमा मालिनीले खेतमा म्याचिङ सिफन साडी लगाएर गहुँ काटिन्, भइन् ट्रोल
बलिउडकी चर्चित अभिनेत्री एवं बिजेपी सांसद हेमा मालिनी २०१९ लोकसभा चुनावमा पुनः मथुराबाट चुनावी मैदानमा उत्रिएकी छिन् । उनले ३१ मार्चमा आफ्नो चुनावी अभियान सुरु गरिन् । यस अभियान अन्तर्गत हेमा मालिनी खेतमा पुगिन्, गहुँ काटिन् र फोटो पनि खिचाइन् । सोसल मिडियामा फोटो सेयर गरेकोमा हेमालाई मानिसहरुले ट्रोल गर्न सुरु गरेका छन् ।
हेमा मालिनीले चार फोटो ट्वीट गर्दै क्याप्सनमा लेखिन्, ‘आज मैले गोवर्धन क्षेत्रबाट लोकसभा क्याम्पेन सुरु गरे । खेतमा काम गरिरहेका महिलासँग कुरा गर्ने मौका पाएँ । पहिलो दिनको चुनावी अभियानका केही फोटो तपाईंका लागि । ’
हेमा मालिनीले खेतमा बाली काटेको फोटो १२ घण्टामा नै करिब एक हजार मानिसले कमेन्ट गरे । थुप्रै प्रशंसकले उनलाई पुनः जित हासिल गर्न शुभकामना दिए भने कतिले उनीमाथि स्टन्ट गरेको आरोप लगाए ।
ट्वीटर प्रयोगकर्ता @AnilKhaitan2 ले लेखे, ‘यो निकै राम्रो सुरुवात हो । तर लगातार पाँच वर्ष यस्तो हुनुपर्छ । अनिमात्र विकास हुनेछ । ’
@explorediary ले लेखे, ‘राम्रो फोटोसुट छ, होइन त ? फोटोग्राफरले उनको लुक र ब्याकग्राउन्डसँग न्याय गरेका छन् । राम्रो लाइट र सही फिल्टरको प्रयोग गरिएको छ । ’
@amit00111 चुनावका कारण के हालत भयो ?
यस्तै, @ShirishK21 ले लेखे, ‘कसैले मलाई भन्नुहोस्, एमपीको रुपमा उनले पाँच वर्षमा के योगदान गरेकी छिन् ?’
साथै @amankhan9161n लेखे, ‘अहिले पनि अभिनय गरिरहेकी छिन् हेमा जी । अब यस्ता कुरा चल्दैनन् । सन् १९७०–१९८० मा चल्थ्यो । अब मानिसहरु काम हेर्छन् । तपाईं उनीहरुका लागि काम गर्नुहोस् । उनीहरु माझ जानुहोस् । मानिसहरुले तपाईंलाई आँखामा बसाउनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण