सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

अर्को वर्ष विवाहको योजनामा रहेकी नायिका एमी जक्सन गर्भवती

सोमबार, १८ चैत २०७५, १३ : १३
सोमबार, १८ चैत २०७५

रजनीकान्त र अक्षय कुमार स्टारर फिल्म २.० मा देखिएकी एमी ज्याक्स गर्भवती छिन् । एमीले प्रेमी जर्ज पेनियोतोसँग फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी छिन् । इन्टाग्राममा एमीले फोटो सेयर गरेकी हुन् । जर्ज व्यवसायिक रुपमा व्यापारी हुन् र यी दुईले अंग्रेजी नयाँ वर्षमा इन्गेजमन्ट गरेका थिए ।

३१ मार्चमा इंगल्याण्डमा ‘मदर्स डे’ मनाइन्छ र यसै दिन एमीले यसबारे जानकारी दिएकी हुन् । एमीले फोटो सेयर गर्दै लेखिन्, ‘ म आफ्नो घरको छतमा उभिएर चिच्याउन चाहन्थेँ र मदर्स डेमा मैले यो मौका पाएँ । म तिमीलाई सबैभन्दा धेरै माया गर्छु । यस्तो माया जुन सबैभन्दा निश्चल र शुद्ध छ ।  हामी तिमीलाई भेट्न निकै आतुर छौं ।’

यी दुईले अर्को वर्ष ग्रीसमा विवाह गर्ने योजना बनाएका थिए । जर्ज र एमी पछिल्लो चार वर्षदेखि डेट गरिरहेका छन् । जर्ज अर्बपती एवं एबिलिटी ग्रुपका संस्थापक एन्ड्रियास पेनियोतोका छोरा हुन् । जर्ज र उनका परिवार हिल्टन, पार्क प्लाजा, डबल ट्रीजस्ता होटलका मालिक हुन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप