सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

सम्बन्धविच्छेदको खबर छाप्ने म्यागजिनमाथि निक जोनस र प्रियंका चोपडाको यस्तो कारवाही

बुधबार, २० चैत २०७५, ०८ : ३०
बुधबार, २० चैत २०७५

मार्चको अन्तिम हप्तामा प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेदको खबरले अत्यधिक चर्चा बटुलेको थियो । एक अमेरिकी म्यागजिनले यो जोडी सम्बन्धविच्छेद गर्ने तयारीमा भएको दाबी गरेको थियो । यो खबर पछि प्रियंका र निकले म्यागजिनमाथि मानहानीको मुद्धा दायर गर्ने सोच बनाइरहेका छन् ।

कानूनी समूहले सम्हाल्नेः

इन्टरटेन्मेन्ट वेबसाइट बलिउड लाइफको खबर अनुसार प्रियंकाको कानूनी समहूले यो समाचार बनाउने टेब्लोइडसँग कुरा गर्ने र उनीहरुलाई आफ्नो खबरको खण्डन गर्न भन्नेछन् । यदि यस्तो नभए प्रियंका र निक कथित रुपमा ठूलो राशीको मानहानीको मुद्दा चलाउने योजनामा छन् ।

प्रियंका निकको सम्बन्धविच्छेदबारे आमा मधु चोपडाले दिइन् यस्तो जवाफ

यस्तो थियो सम्बन्धविच्छेदको खबरः

रिपोर्टले सूत्रको हवाला दिँदै उनीहरु हरेक कुरामा झगडा गरिरहेको दाबी गरेको थियो । पत्रिकाले निकले प्रियंकाको कुरामा आएर विवाह गरेका थिए र अब उनले यसको मूल्य चुकाइरहेकोसमेत भनेको थियो । पत्रिकाले निकको परिवारले विवाह समाप्त गर्नका लागि अनुनय बिन्ति गरिरहेको पनि बताएको थियो ।

बिहे भएको ४ महिनामै प्रियंका र निकको सम्बन्धविच्छेद ? यस्तो छ वास्तविकता

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप