आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

ऐश्वर्यालाई बुहारी बनाएपछि के परिवर्तन आयो अमिताभको जीवनमा ?

आइतबार, २४ चैत २०७५, १० : २५
आइतबार, २४ चैत २०७५

मुम्बई – मेगास्टार अमिताभ बच्चनले आफ्नी एक छोरी पठाएर अर्की छोरीको रुपमा ऐश्वर्यालाई भित्र्याएको बताएका छन् । उनले ‘तपाईंको घरमा ऐश्वर्यालाई बुहारीको रुपमा भित्र्याएर के के कुरा परिवर्तन भयो ?’ भन्ने पत्रकारको प्रश्नको जवाफमा कुनै पनि परिवर्तन नभएको बताएका हुन् ।

अमिताभ बच्चनसँग गरिएको उक्त कुराकानी जी क्याफे च्यानलमार्फत प्रसारण गरिनेछ । अमिताभले कार्यक्रममा भनेका छन्, ‘ जब नातिनी आराध्या मेरो काम गर्ने कोठामा आउँछिन् । उनले मेरो ‘वर्किङ डेक्स’ फोहोर बनाइदिन्छिन् । किनकी उनी डेक्समा राखिएको कलम चलाउँन मन पराउँछिन् । उनी मेरो ल्यापटप खोल्न खोज्छिन् । उनका ती सबै कुराहरु मलाई असाध्यै मन पर्छ ।’

उनले आफ्ना नातिनातिनीहरुलाई अलि बढी नै माया गर्ने गरेको बताए । उनले उनीहरुलाई माया गर्दा उनका बाबुआमाले विरोध नगरुन् भन्ने पनि चाहेको बताए । उनका अभिषेक र ऐश्वर्याको एक छोरी आराध्या र छोरी श्वेताका दुई सन्तान नाव्या र अगस्त्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप