सलमानले किन बर्बाद गरिदिए करियर, विवेक ओबराएले १५ वर्षपछि खोले रहस्य
मुम्बई – सन् २००४ मा विवेक ओबरायले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलन उनकी प्रेमिका अर्थात् सलमान खानकी पूर्वप्रेमिकाको विषयमा गरिएको थियो ।
सलमानसँग ब्रेकअप भएपछि विवेकसँग प्रेम सम्बन्धमा रहेकी ऐश्वर्यालाई सलमानले बारम्बार दुख दिएपछि उनले पत्रकार सम्मेन गरेका थिए । तर, त्यसपछि फिल्म निर्माताहरुले उनीहरुसँग दुरी बढाए ।
यसै सन्दर्भलाई जोडेर विवेकले १५ वर्षपछि सलमानलाई इशारा गर्दै उनीहरुको बीचको सम्बन्ध र करियरलाई जोडेर केहि खुलासा गरेका छन् । अभिनेता विवेक अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकको प्रमोशनमा जुटेका छन् । यसैबीच, उनले उनको करियर २००४ बाट नै प्रभावित भएको बताएका छन् ।
उनले २००४ को घटनापछि पनि बलिउड उद्योगमा रहेको उल्लेख गर्दै ६ भाषामा काम गरेको र २० भन्दा बढी अवार्ड जितिसकेको जानकारी दिए । उनले बलिउडको दौडधुपलाई कम गरेर छोराछोरीलाई धेरै समय दिएकाले थोरै मात्र फिल्ममा काम गरेको उल्लेख गरे ।
उनलाई सलमानले मार्ने धम्की दिएको भए उनीसँग मुकाविला गरेर सार्वजनिक रुपमै उनीसँग दुस्मनी लिएकोमा कुनै पछुतो नभएको बताए । उनले उनको करियरमा ब्रेक लाग्नुमा सलमान खानको हात रहेको इशारा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण