विशेष शक्ति प्रयोग गर्दै भारतको चुनाव आयोगद्वारा नरेन्द्र मोदीमाथि बनेको फिल्ममाथि रोक
भारतको चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमाथि बनेको फिल्मलाई लोकसभा चुनावसम्म रोक लगाएको छ । आयोगले यो फिल्मका कारण चुनावमा बराबरीको मौका प्रभावित हुने बताएको छ । आयोगले यो फिल्मका साथै अन्य कुनै पनि नेताको जीवनमाथि आधारित फिल्मको प्रसारणमा रोक लगाएको छ ।
चुनाव आयोगले संविधानको अनुच्छेद ३२४ मा दिइएको विशेष शक्तिको प्रयोग गर्दै यो निर्णय गरेको हो । सेन्सर बोर्डले पहिले नै यो फिल्मलाई ‘यू’ सर्टिफिकेट दिएर रिलिज गर्ने स्विकृती दिएको थियो ।
यसअघि सर्वोच्च अदालतमा यो फिल्ममा रोक लगाउनुपर्ने भन्दै याचिका दर्ता गरिएको थियो । यद्यपि, अदालतले फिल्ममाथि रोक लगाउन अस्विकार गरेको थियो । मुख्य न्यायाधीश रंजन गोगोइले यो मामलामा निर्णय दिने काम चुनाव आयोगको भएको बताए ।
कांग्रेस नेता एवं वकिल अभिषेक मनु सिंघवीले आफ्नो याचिकामा यसका कारण निष्पक्ष चुनाव र मतदाता प्रभावित हुने बताएका थिए ।
सिंघवीले यो फिल्म बनाउन भाजपाका पदाधिकारीको सहयोग भएको र फिल्ममा मोदीको भूमिका निभाउने नायक विवेक ओबरोय भाजपाका लागि चुनाव प्रचार गर्न लागेको दाबी गरेका थिए ।
तर अदालतले सिंघवीको तर्कलाई खारेज गरेका थिए । यद्यपि, अब चुनाव आयोग आफैंले ‘पीएम नरेन्द्र मोदी’ फिल्ममा रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण