आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

शाहरुख खानलाई ‘ब्रेक’ दिने चर्चित निर्देशकको मृत्यु

शुक्रबार, २९ चैत २०७५, १४ : ०९
शुक्रबार, २९ चैत २०७५

शाहरुख खानलाई ब्रेक दिने एवं सन् १९८८ को चर्चित कार्यक्रम फौजीका निर्देशक राज कुमार कपुरको निधन भएको छ । कपुर ८७ का थिए र बुधबार उनको एक नीजि अस्पतालमा मृत्यु भएको हो ।

उनको मृत्युको खबर छोरी ऋतंभराले फेसबुकमार्फत दिएकी हुन् । उनको अन्तिम संस्कार बिहिबार दिल्लीमा गरियो । ऋतंभराले आफ्नो पोष्टमा लेखिन्, ‘मेरो बुवा राजकुमार कपुरको बुधबार अबेर राती निधन भयो । उनको अन्तिम संस्कार बिहिबार दिउँसो साढे तीन बजे गरियो ।’

यस्तै, फौजी म्यागजिनको आधिकारिक ट्वीटर ह्यान्डलमा पनि कपूरको निधनबारे जानकारी दिइयो ।

सेनामा कर्नल थिए कपूरः

निकै कमलाई थाहा छ कि निर्देशनमा आउनुअघि सेनामा कर्नल पदमा रहे । अवकाशपछि उनी मुम्बइए आए । उनले विज्ञापन र टिभी शो बनाए । यसबाहेक उनले ‘ह्वेन शिवा स्माइल्स’ नामको उपन्यास पनि लेखेका छन् । उनले शाहरुख खानलाई आफ्नो कार्यक्रममा ब्रेक दिए तर कहिले पनि शाहरुखको सफलताको श्रेय लिएनन् । उनी सधैं भन्थे, ‘शाहरुखलाई मैले नभई उनका आमा–बुवाले बनाएका हुन् । मैले एक राम्रा कलाकारलाई मात्रै मौका दिएको हुँ ।’

फौजी शो आर्मी ट्रेनिङ स्कूलमा संलग्न हुने कमान्डोबारे थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप