बागलुङमा पहिरोले पुरिएर एकको मृत्यु, ६ जना बेपत्ता
बागलुङ– दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले पुरिएर बागलुङमा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।
ढोरपाटन नगरपालिका वडा नं ५ साविक अधिकारीचौर गाविस वडा नं– ८ पाखापानीमा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको हो । त्यस्तै पहिरोले स्थानीय होमबहादुर विश्वकर्माको घर पुरिदा ५५ बर्षीय घरधनी विश्वकर्मा बेपत्ता भएका छन् । आज बिहान झण्डै चार बजेको समयमा घरमाथिबाट पहिरो खसेको थियो ।
ईलाका प्रहरी कार्यलय बुर्तिबाङको उद्धार टोली अहिले घटनास्थल पुगेको छ । त्यस्तै निसिखोला गाउँपालिका वडा नम्बर २ बाहुनगाउमा खसेको पहिरोले घर पुर्दा मनिमान छन्त्याल उनकी श्रीमती, बुहारी र कान्छी छोरी बेपत्ता भएका छन् । उता, निसिखोला १ देविस्थानका लालबहादुर सिँजालीको घर पहिरोले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
यसैगरी निसीखोला २ उपल्लो बेग्रेका लालसिँह विकको घर पनि पहिरोले पुरेको छ भने मालमेला भन्ने ठाउँका प्रेम विकको घर बगाउदा परिवार विस्थापित बनेको झिवाखोला प्रहरी चौकीका प्रनानि रिनबहादुर बैदवारले जानकारी दिएका छन् । त्यस्तै निसीखोला गाउँपालिका वडा नं– ४ मा रहेको निसिखोला दोस्रो लघु जलविद्युत आयोजनाको मुहान खोलाले बगाउँदा १ हजार ६५ घरधुरीका उपभोत्ताहरु अँध्यारोमा बस्न बाध्य भएका छन् ।
बिद्युत अवरोध हुदा त्यहाँका एक दर्जन भन्दा बढी फर्निचर, ग्रील उद्योग लगाएतका घरेलु उद्योगहरु ठप्प भएका छन् । यसैवीच, निसीखोला किनारमा रहेको देविस्थान स्वास्थ्य चौकी बाढीको उच्च जोखिममा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण