लोक सेलो लिएर आइन् गायिका रेश्मा
शुक्रबार, २० साउन २०७४, १३ : ४३
काठमाडौं — गायिका रेश्मा बम्जन ‘डम्फू र सेलो...’ गीत लिएर आएकी छन् । लोक सेलो शैलीको उक्त गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । फूलकुमार बम्जनका शब्द तथा संगीतको उक्त गीतलाई फनिन्द्र राईले संगीत संयोजन गरेका हुन् ।
भिडियो भने काठमाडौं वरपरका रमणीय लोकेशनमा छायांकन गरिएको छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा रोशन लामा तथा रोहिणीले अभिनय गरेका छन् । अमृत सुनुवारको छायांकन रहेको भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन् ।
प्रकाश गुरुङ तथा चण्डिप्रसाद काफ्लेसँग आधुनिक तथा शास्त्रीय संगीतको प्रशिक्षण लिइरहेकी यी गायिकाले गायनको पहिलो कोसेली सेलो गीत रोजेकी हुन् ।
एल्बम ‘प्रथमा’ को अन्तिम तयारीमा रहेकी गायिका बम्जनले गीत संगीतमै भविश्य खोज्ने अठोट गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण