चक्रपथमा सवारी दुर्घटना : ८ महिनामा १५ सय दुर्घटना, २९ जनाको मृत्यु
काठमाडौँ । आर्थिक वर्ष ०७५/७६ मा चक्रपथभित्र भएको सवारी दुर्घटनामा २९ जनाको मृत्यु भएको छ । गत वर्षको साउन १ गतेदेखि फागुन मसान्तसम्म चक्रपथमा १ हजार ४ सय ३८ दुर्घटना भएका थिए ।
दुर्घटनाका कारणहरु तीब्र गति, अव्यवस्थित सडक मुख्यतः रहेको ट्राफिक महाशाखाले जनाएको छ । धेरैजसो सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएका छन् ।
ट्राफिक महाशाखाका अनुसार गत साउनमा ४, भदौमा ४, असोजमा २, कात्तिकमा ४, मंसिरमा ४, पुस ६, माघमा ३ र फागुनमा २ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते र सामान्य घाइते हुनेहरुको संख्या धेरै रहेको छ । जसमा गम्भीर घाइते ५३ जना र सामान्य घाइते ९६० जना रहेका छन् ।
जसमध्ये सबैभन्दा धेरै सातदोबाटो र स्वयम्भूमा दुर्घटना हुँदा ५÷५ जनाको मृत्यु भएको थियो ।
त्यस्तै कोटेश्वरमा ४, सानेपामा ३, एयरपोर्ट २, नयाँ वषपार्क ३, गौशालामा २, महाराजगञ्ज १, जावलाखेल २, बल्खु १, सुकेधारा १ गरी २९ जनाको मृत्यु भएको थियो ।
कलंकी–कोटेश्वरमा मात्र १३ जनाको मृत्यु
चीन सरकारले बनाएको कोटेश्वर–कलंकी सडक विस्तारमा मात्र १२ जनाको मृत्यु भएको छ । चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलो मिटर ४ सय मिटर सडक विस्तार गरेको थियो ।
करिब ५ अर्ब अनुदान सहायतामा चीनले सो सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । चीन सरकारले गत माघ १४ गते कलंकी–कोटेश्वर सडक विस्तार गरी नेपाललाई हस्तान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण