बर्नलीले राेकिदियाे चेल्सीकाे सपना
एजेन्सी - इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लने चेल्सी सपना बर्नलीले राेकिदिएकाे छ । सोमबार राति भएको खेल २–२ गोलको बराबरीमा रोकिएसँगै चेल्सीलाई धक्का लागेकाे हाे ।
चेल्सीको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता बर्नलीले लिएको थियो । बर्नलीका लागि आठौं मिनेटमा जेफ हेन्डरिकले गोल गरे । त्यसलगतै १२ औं मिनेटमा चेल्सीका एनगोलो कान्टेले गोल गरे । १४ औं मिनेटमा चेल्सीका गोन्जलो हिगुइनले गोल गर्दै टोलीलाई अगाडि बढाए । २४ औं मिनेटमा बर्नलीका एस्ले बर्नेसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल भएन । दोस्रो हाफमा बलमा पकट जमाएपछि चेल्सीले गोल थप्न नसक्दा अंक बाँड्न बाध्य भयो ।
यस बराबरीले चेल्सीको तेस्रो स्थान गुमाएको छ । बराबरीसँगै चौथो स्थानमा रहेको चेल्सीले ३५ खेलबाट ६७ अंक बनाएको छ । एक खेल कम खेलेको टोट्टनहाम समान ६७ अंकसहित तेस्रो स्थानमा छ । चेल्सीसँग अंक बाँड्न सफल बर्नली ४० अंकसहित १५ औं स्थानमा छ ।
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीको उपाधि होडसँगै शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुन अन्य टोलीबीचको प्रतिस्पर्धा पनि उत्तिकै रोचक बनेको छ । छनोट दौडमा अहिले टोट्टनहाम र चेल्सीसँगै आर्सनल र म्यानचेस्टर युनाइटेडबीच तिब्र प्रतिस्पर्धा छ । पाँचौं स्थानमा रहेको आर्सनलको ३४ खेलबाट ६६ र युनाइटेडको समान खेलबाट ६४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण