बुवा आमिर खानको मापदण्डमा खरो उत्रिन सकेनन् जुनैद, त्यसकारण फिल्ममा पाएनन् भूमिका
बलिउडमा यो वर्ष लञ्च हुने स्टारकिडको सूचीमा आमिर खानका छोरा जुनैद खानको नाम पनि समावेश हुन्थ्यो तर उनका ‘ मिस्टर परफेक्सनिष्ट’ पिताको उच्च मापदण्डमा खरो उत्रन नसकेका कारण यो मौकाबाट उनी चुकेका छन् ।
आमिरका नजिककाले ‘फरेस्ट गम्प’ को आधिकारिक रिमेक ‘लाल सिंह चड्डा’ बाट जुनैदलाई लञ्च गर्ने जानकारी दिएका थिए । यसका लागि जुनैदलाई केही तालिम पनि दिइएको थियो । उनीमाथि केही दृश्य छायांकन पनि गरियो तर उनको प्रस्तुतीले उनको बुवा प्रभावित एवं सन्तुष्ट भएनन् ।
भारतीय मिडियाले आमिरका नजिकका व्यक्तिको बयान उद्धृत गर्दै भनेको छ, ‘पिल्ममा टम ह्यांक्सको रोललाई लाल सिंह चड्ढाका नायकको रुपमा जुनैदले राम्रो प्रस्तुत दिन नसक्ने आमिरले निष्कर्ष निकाले त्यसकारण उनले आफैं फिल्मको कमान सम्हाल्ने निर्णय गरे । उक्त भूमिका आमिर आफैंले निभाउनेछन् । ’
आमिरका छोरा जुनैदबारे केही जानकारीः
– अमेरिकी एकेडेमी अफ ड्रामा आर्टबाट थिएटरको पढाई
– अभिनयबारे पनि पढेका छन्
– ‘पीके’ मा निर्देशकलाई सहयोग गरे
– एकवर्षदेखि लगातार थिएटरमा भाग लिइरहेका छन्
– ‘रुबरु रोशनी’ को प्रामोशनसँग पनि जोडिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण