‘एभेन्जर्स : एन्ड गेम’ को क्रेज : अनलाइन बुकिङ गर्ने भीडले मल्टिप्लेक्सको सर्भर डाउन
नेपाली दर्शकमा हलिउड मार्भल अनि डिसी कमिक्समा आधारित फिल्म नछुटाइ हेर्ने लत बसेको छ । सायद त्यसैले होला यस्ता फिल्म आउँदा दर्शकको चाप धेरै देखिने गरेको छ ।
यस्तै १३ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली दर्शकको प्रतिक्षित सूचीमा रहेको हलिउड फिल्म ‘एभेन्जर्स : एन्ड गेम’मा पनि दर्शकको चाप उच्च देखिएको छ ।
बुधबार मध्यान्नबाट टिकट बुकिङ खुल्ला भएको यो फिल्मको दर्शकको उच्च चापका कारण मल्टिपेक्सको अनलाइन बुकिङ गर्दा सर्भर डाउन भएका छन् । ‘एभेन्जर्स एन्ड गेम’को टिकट बुकिङ खुल्ला गरेको क्युएफएक्स लगायत सबै चलचित्र भवनको वेबसाइट डाउन भएका हुन् । उनीहरुको एपमा समेत समस्या देखिएको छ ।
विश्वमै धेरै माग भएको ‘एभेन्जर्स एन्ड गेम’को नेपालमा पनि धेरै क्रेज रहेको छ । ‘एभेन्जर्सः एन्ड गेम’मा मार्भल शृङ्खलाका दर्जन बढी सुपरहिरोहरु एकैसाथ देखिनेछन् ।
यो फिल्म हिन्दी, तेलेगु र तमिल भाषामा पनि रिलिज हुन लागेको हो । यी भाषाका लागि भारतीय संगीतकार एआर रहमानले संगीत कम्पोज गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण