बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजस्थानद्वारा कोलकत्ता पराजित

शुक्रबार, १३ वैशाख २०७६, ०९ : १७
शुक्रबार, १३ वैशाख २०७६

एजेन्सी - राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सलाई तीन विकेटले पराजित गरेको छ । इडेन गार्डेन मैदानमा बिहीबार राति भएको खेलमा कोलकत्ताले दिएको एक ७६ रनको लक्ष्य राजस्थानले १९.२ बलमा सात विकेटको क्षतिमा पूरा गरेको थियो ।  

राजस्थानको जितमा रियान परागले सर्वाधिक ४७ रन बनाए । अजिंका रहानेले ३४, जोफ्रा अर्चारले अविजित २७, सन्जु सामसनले २२, श्रेयस गोपाल १८ तथा बेन स्टोक्स र स्टुअर्ट बिन्नीले समान ११-११ रन बनाए । बलिङमा कोलकत्ताका पियुष चावलाले तीन विकेट लिए । सुनिल नारायणले दुई प्रसिद्ध कृष्ण र आन्द्रे रसेलले एक-एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो । कोलकत्ताका लागि दिनेश कार्तिकले अर्धशतकीय इनिङ खेले । सतकबाट तीन रन टाढा रहको दिनेशले ९७ रन बनाए । नितेश रानाले २१, सुबमान गिल र आन्द्रे रसेलले समान १४-१४ तथा सुनिल नारायणले ११ बनाए ।

बलिङमा राजस्थानका वरुन आरोनले दुई विकेट लिए । ओशन थोमस, जयदेव उनादकट र श्रेयस गोपालले समान एक-एक विकेट लिए । जितसँगै सातौं स्थानमा रहेको राजस्थानले ११ खेलबाट आठ अंक बनाएको छ । छैटौं स्थानमा रहेको कोलकत्ताको पनि आठ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप