मनमोहनले थालेका समृद्धिको अधुरा काम यो सरकारले पूरा गर्छ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन् ।
पूर्वा प्रधानमन्त्री एवं तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवरमा आज सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
मनमोहनले सुरु गरेको ‘आफ्नो गाउँ आफै बनाऔँ’ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी राज सुरु गर्नुभयो,” प्रधानमन्त्री ओलीले भने, “उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पूरा गर्छ ।”
प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुईखाले चलखेल सुरु भएको बताए । “उहाँले ती समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो तर उहाँसँग समय रहेन,” प्रधानमन्त्री ओलीले भने “वहाँको उतराधिकारीको रुपमा हामीले १२ बुंदे सम्झौतामार्फत द्वन्द्वको समाधान ग¥यौँ र राजतन्त्र सदाका लागि विदा ग¥यौँ ।”
प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यती बेलै धेरै काम गर्न खोजेको बताउनुभयो ।
“उहाँले सुरु गरेको विकास र समृद्धिका योजना हामी पूरा गर्छौँ,” प्रधानमन्त्री ओलीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण