बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलात्कार मुद्दामा जेल सजाय भोगिरहेका आसाराम बापुका छोरा पनि बलात्कारकाे दोषी ठहर

शनिबार, १४ वैशाख २०७६, ०९ : ४६
शनिबार, १४ वैशाख २०७६

एजेन्सी - आध्यात्मिक गुरु आसारामका छोरा नारायण साईलाई गुजरातको एक अदालतले दोषी ठहर्‍याएको छ । उनलाई बलात्कारको आरोप लागेको थियो । 

समाचार एजेन्सी पीटीआईका अनुसार सूरतको एक अदालतले नारायणलाई दोषी ठहर गरेको हो । उनलाई सजाय सुनाउन बाँकी नै छ । अदालतले यस मुद्दामा अप्रिल ३० मा सजाय सुनाइने बताएको छ । 

नारायण साईलाई सुरतको एक महिलासँग बलात्कारको मामिलामा २०१३ मा गिरफ्तार गरिएको थियो । बलात्कार भोगेकी महिला र उनकी बहिनीले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए । उनलाई हरियाणाको पिपलीमा पक्राउ गरिएको थियो ।

महिलाले आफू सूरतमा रहेको आसाराम बापुको आश्रममा रहँदा नारायणले पटक-पटक यौन शोषण गरेको बताएकी थिइन् । उनका पिता आसाराम पहिले नै बालात्कार मामिलामा दोषी ठहर भएका छन् । उक्त अपराधका लागि उनलाई आजीवन कारावास सजाय दिइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप