लिभरपुल शीर्ष स्थानमा उक्लियाे
एजेन्सी - इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीबीचको उपाधि होड उत्कर्षमा पुगेको छ । यी दुई टोलीबीच आलो पालो शीर्ष स्थानमा उक्लने र दोस्रो स्थानमा झर्ने क्रम जारी छ ।
लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुल हडर्सफिल्डलाई ५–० गोलले हराउँदै पुनः शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको एक पक्षीय खेलमा नावी कोइटाले खेल सुरु भएको १५ औं सेकेन्डमै खाता खोले ।
लिभरपुलले २३ औं मिनेटमा अग्रतालाई दोब्बर बनायो । साडियो मानेले दोस्रो गोल गरे । मोहमद सलाहले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पहिलो हाफमा लिभरपुलको गोल संख्या तीन पुर्याए । ६६ औं मिनेटमा साडियो माने र ८३ औं मिनेटमा मोहमद सलाहाले व्यक्तिगत दोस्रो गोल थप्दै लिभरपुललाई फराकिलो जित दिलाएका थिए ।
जितसँगै लिभरपुलले सिटीमाथि दबाब श्रृजना गरेको छ । शीर्ष स्थानमा उक्लिएको लिभरपुल सिटीभन्दा दुई अंकले अगाडि छ । लिभरपुलले ३६ खेलबाट ९१ अंक जोडेको छ । एक खेल कम खेलेको सिटीको ८९ अंक छ । रेलिगेसनको मारमा रहेको हडर्सफिल्ड १४ अंकसहित अन्तिममा छ । उपाधिको मुखमा रहेको लिभरपुलले अब न्युक्यासल र वल्भसँग दुई खेल खेल्न बाँकी छ । उपाधिको अर्को दाबेदार सिटीले वर्नली, लेस्टरसिटी र ब्राइटोनसँग खेल्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण