कविता : हुरीमा उभिएको पीपल
–लक्ष्मण सिटौला
सहनशीलतामा म
हुरीमा उभिएको पीपल हुँ
आँसुमा म
वर्षाले ओकलेको झरी जस्तै हुँ
पीडितमा म
अनन्त प्रहार सहने अचानो हुँ
वेदनामा म
इन्द्रेणी आँसु हुँ
रोदनमा म
झरीको झ्याउँकिरी हुँ
जो जङ्गलको एकान्तबाट कुरकुराउँछ ।
एउटा प्रध्वनि हुँ म आलापको आदिमता
शान्तिमा म मादी दरौदीबाट बहने
चिसो पवन हुँ ।
ध्वनिमा म धवल प्रसून हुँ
जो बिहानीको सूर्य मुस्कानको
प्रदीप्तिमा उत्फुल्लिन्छु
मान्छेमा म बुद्धको छाया हुँ
जो सदा परहितमा नै जित देखिरहन्छु ।
स्वरमा म
नदीसँगै गुन्जिने किनाराको आवाज हुँ
जोसँग नदी छैन मात्रै किनार छ ।
शान्तिमा म लुम्बिनी हुँ
आवाजमा म
पङ्ख पुकारा हुँ
जो पहराबाट लहरिँदै आउने प्रतिध्वनि
न्यानोमा म बिहानको कलिलो किरण हुँ
जो हरेक कोपिलालाई ढोग्छ सबेरै
आनन्दमा म
झर्नाको झङ्कार हुँ सङ्गीतको सीतार हुँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण