मेस्सीको गोलमा बार्सिलोना च्याम्पियन
एजेन्सी - कप्तान लियोनल मेम्सीको एक मात्र निर्णायक गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ । बार्सिलोना तीन खेल अगावै च्याम्पियन बनेको हो । लिगअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले लिभान्तेलाई १–० गोलले हराएकाे थियो ।
घरेलु मैदान क्याम्प नोउमा भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनालाई जिताउन कप्तान मेस्सीले ६२ औं मिनेटमा गोल गरे । दोस्रो हाफको सुरुमा फिलिप कोउटिन्होको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मेस्सीले अर्टुरो भिडालको पासमा गोल गर्दै बार्सिलोनालाई च्याम्पियन बनाएका हुन् । बार्सिलोनाले पछिल्ला ११ वर्षमा जितेको यो आठौं उपाधि हो । बार्सिलोनाको समग्रमा २६ औं ला लिगा उपाधि हो ।
खेलभर लिभान्तेलाई दबाबमा राखे पनि बार्सिलोनालाई गोल गर्न कठिन परेको थियो । ८९ औं मिनेटमा इनिस बार्धीको प्रहार पोस्टमा लागेर फर्किएपछि लिभान्ते बराबरी गर्नबाट चुकेको थियो ।
यस जितसँगै च्याम्पियन बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडलाई ९ अंकले पछि पारेको छ । बार्सिलोनाले ३५ खेलबाट ८३ अंक बनाएको छ । एट्लेटिको म्याड्रिडको समान खेलबाट ७४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण