गर्भवती प्रेमिका गेब्रिएलासँग देखिए अर्जुन रामपाल (फोटोफिचर)
बलिउड अभिनेता अर्जुन रामपाल आजकाल आफ्नो प्रेम सम्बन्धका कारण निकै चर्चामा छन् । उनकी प्रेमिका गेब्रिएला डेमेट्रिएडस गर्भवती छिन् । गर्भावस्थामा अर्जुन रामपाल प्रेमिकाको निकै ख्याल राखिरहेका छन् । हालै अर्जुन रामपाल गेब्रिएलासँग घुमिरहेको देखिए । उनीसँगको तस्बिर सोसल मिडियामा निकै भाइरल भइरहेको छ ।
गेब्रिएला आफ्नो पहिलो सन्तानलाई जन्म दिने तयारीमा छिन् भने अर्जुन रामपाल तेस्रो पटक बुवा बन्दैछन् । विवाह अघि नै बच्चा जन्माउन लागेको भन्दै अर्जुन र गेब्रिएलाको निकै चर्चासमेत भइरहेको छ ।
स्मरण रहोस्, सन् १९९८ मा अर्जुन रामपालले मेहर जेसियासँग विवाह गरेका थिए । २८ मे २०१८ मा दुबैले आफ्नो २० वर्ष लामो वैवाहिक सम्बन्ध टुङ्ग्याउने निधो गरे । यद्यपी, अहिलेसम्म दुबैको आधिकारिक रुपमा सम्बन्धविच्छेद भइसकेको छैन यस्तोमा अर्जुनले कानूनी रुपमा दोस्रो विवाह गर्न पाउँदैनन् ।
अर्जुन रामपालकी प्रेमिका गर्भवतीः फोटो सेयर गर्दै भने, ‘यो बेबीका लागि धन्यवाद बेबी’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण